Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • स्याङ्जा–२ र बाजुरामा मतगणना गर्न आयोगसँग कांग्रेसको आग्रह

    स्याङ्जा–२ र बाजुरामा मतगणना गर्न आयोगसँग कांग्रेसको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

    पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर स्याङ्जा–२ र बाजुराको मतगणना चाँडो सम्पन्न गर्न आग्रह गरेका हुन् ।



    स्याङ्जा र बाजुरामा विधिवत्रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको कांग्रेसको भनाई छ ।



    पार्टीका उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरु गर्नुपर्ने कांग्रेस वरिष्ठ नेता पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार