Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वाधार विकास सल्यानका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सल्यानको शारदा नगरपालिका १५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट आर्थिक वर्ष २०७७।७८ मा सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माण कार्यमा लागत अनुमान विपरीत काम गरी भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त योजनामा भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन,

सब-इन्जिनियर प्रकाश शाही, कुमार बोहरा, सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर वुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरविरुद्ध मुद्दा दायर गरिएको हो ।

पूर्वाधार विकास कार्यालय कार्यालय प्रमुख पुन, सब-इन्जिनियर शाही र कुमार बोहराले सडक निर्माण स्थलमा नभएको नगरेको कामको परिमाणसमेत

मूल्याङ्कन गरी नापी किताबमा चढाई गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी झुट्टा विल भरपाईलाई बनाएको भन्दै ७ लाख १४ हजार ४१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

यस्तौ उक्त योजनाका उपभोक्ता समितिका अध्यक्ष वुढा, कोषाध्यक्ष कवर र सचिव मानदेव कवरले फिल्डमा वास्तविक रुपमा भएको कार्यभन्दा

बढी नभए नगरेको कार्यको समेत मूल्याङ्कन गरी गराई कार्यसम्पन्न भयो भनी कार्य सम्झौता बिपरीत भुक्तानी माग गरी भुक्तानीसमेत लिएको भन्दै ७ लाख १४ हजार ४१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077