Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुकुम्बासी बस्तीमा डोजर लगाएर सत्ताको उन्मात देखाइयो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्मात प्रदर्शन गरिएको बताएका छन्।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर बालेन साह र संघीय सरकारप्रति आक्रोश व्यक्त गर्दे ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले भने, ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र ? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो।’

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा एकीकृत बागमती सभ्यता विकास समितिले महानगरको समन्वयमा डोजर चलाएको थियो।

सुकुम्बासीका समस्या समाधान गर्न गठन गरिएको आयोग विघटन गर्दै सरकारले उनीहरूको समस्या समाधानमा गैरजिम्मेवारपन देखाएको ओलीको भनाइ थियो।

उनले सुकुम्वासी शान्त भएर खोला किनारमा बसेको बताउँदै उनले उनीहरूले केही नबिगारेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077