काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो ।
परिणाम सोचे जस्तो नआएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
खतिवडाले भने, ‘जे जस्तो मत परिणाम हामीले प्राप्त गर्यौ, यो परिणाम हामीले सोचेको जस्तो छैन् । बैठकबारे प्रचार विभाग
तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’
खतिवडाले सम्पूर्ण चुनावी परिणाम आउन बाँकी रहेकाले विस्तृत समीक्षा भने पछि गरिने जानकारी दिए । त्यस्तै सरकार गठन पनि सबै नजिता आएपछि मात्रै स्पष्ट हुने बताए ।
खतिवडाले सत्ता गठबन्धन कायमै राख्ने र राष्ट्रपतिमा झलनाथ खनाललाई प्रस्ताव गर्ने सम्भावना रहेको बताए । खनाल राष्ट्रपति बन्ने सम्भावना रहे पनि अहिले त्यसबारे छलफल नभएको उनले बताए ।