काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न पार्टी कार्यालय आलोकनगरमा बैठक बसेको हो ।
११ बजेबाट सुरु भएको बैठकमा चुनावी समीक्षा, सरकार निर्माणमा पार्टीको भूमिका, आगामी कदमलगायतको विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनबाट चुनावमा होमिएको नेकपा एसले प्रत्यक्षतर्फ १० सीट जितेको छ । समानुपातिकमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने सम्भावना कमजोर देखिएको छ ।
सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमार झाँक्रीसहित केही शीर्ष नेता पराजित भएका छन् । आफू पराजित हुनुमा कांग्रेसबाट धोका भएको खनालले प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् ।