काठमाडौं । थापाथलीका सुकुम्बासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् । आज बिहान सुकुम्बासी बस्तीका ३ सय भन्दा धेरै व्यक्तिहरु महानगर घेर्न गएका हुन् ।
आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर कार्यालयमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले बालेन शाह राजिनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर जस्ता नारा लगाएका छन् । एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो ।
सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो ।
Leave a Reply