Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकुम्बासी बस्तीको समस्याबारे मेयर बालेनले गरे प्रधानमन्त्री देउवासँग छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सुकुम्बासी बस्तीबारे छलफल गरेका छन् ।

बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे आवश्यक छलफल गर्न मेयर शाह सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

‘सरकारले महानगरलाइ अहिले सम्म अनाधिकृत रुपमा बसोबास गरिरहेका बस्ती किन महानगरले खाली नगरेको भन्नू पर्ने हो । तर महानगरले आफै अग्रसरता देखाउदा सरोकारवाला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी बलहरु र सम्बद्ध निकाय किन मौन ? सो को जानकारी लिन मेयर ज्यु प्रधानमन्त्री लाई भेट्न प्रम निवास बालुवटारमा निकै समय वेट गरेर भेट्नको लागि प्रतीक्षा गर्दै,’ प्रधानमन्त्री निवास बालुवाटारमा मेयर बालेन्द्र प्रतिक्षा गरिरहेको तस्बिर सार्वजनिक गर्दै स्वकिय सचिव भूपदेव शाहले भनेका छन् ।

हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो ।

महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्बासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077