Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनाव सफलतापूर्वक सम्पन्न गराएको भन्दै सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा प्रमुखहरुलाई धन्यवाद दिएका छन् ।

सोमबार प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले धन्यवाद दिएका हुन् ।

मंसिर ४ मा सम्पन्न निर्वाचन सफल पार्न भूमिका निभाएका सकल दर्जालाई प्रधानमन्त्रीले आफ्नो तर्फबाट धन्यवाद र ‘बधाई’ सुनाइदिन आग्रह गरे ।

त्यसक्रममा दुवै सुरक्षा निकायका प्रमुखले निर्वाचनका बेला देशभर भएका घटनाबारे ब्रिफिङ पनि गरेका थिए । निर्वाचनको दिन झडप र कुटपिटबाट बाजुरामा दुईजनाले ज्यान गुमाएका थिए ।

बाजुराको त्रिवेणी नगरपालिका–७ मा नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको कुटपिटबाट मृत्यु भएको थियो ।

निर्वाचन सम्पन्न भएको साँझ कुटपिटबाट ज्यान गुमाएका ऐडीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रधानमन्त्रीले आईजीपी सिंहलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077