Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • बैंकिङ कसूर मुद्दाका फरार न्यौपाने र पराजुली पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार न्यौपाने र पराजुली पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 756
    SHARES

    काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने जुम्ला कनकासुन्दरी गाउँपालिका-५ घर भएका ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१ घर भई भक्तपुर चागुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्द प्रसाद पराजुली रहेका छन् ।



    केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले देवी प्रसादलाई ललितपुर बालकुमारीबाट आइतबार र मुकुन्द प्रसाद पराजुलीलाई भक्तपुर चागुनारायणबाट सोमबार पक्राउ गरेको हो ।



    उच्च अदालत पाटनको २०७८ मंसिर १४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा देवी कृष्ण न्यौपानेलाई ९ लाख रूपैयाँ जरिवाना

    र ५ दिन कैद सजाय तथा सोही अदालतको २०७९ साउन १५ गतेको फैसलाले मुकुन्द प्रसाद पराजुलीलाई १५ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भएको थियो ।

    उनीहरूले पीडितलाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

    फैसला कार्यान्वयनको लागि पक्राउ परेकामध्ये देवी कृष्णलाई जिल्ला अदालत ललितपुर र मुकुन्द प्रसादलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार