Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीद्धारा ३१५ किलोमिटर प्रसारणलाइन निर्माणको ठेक्का आह्वान

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए)ले प्रसारणलाइनको ठेक्का आह्वान गरेको छ ।

पूर्वनिर्धारित तालिकाअनुसार विद्युत् प्रसारणलाइन निर्माणका लागि एमसीएले तीन वटा प्याकेजमा ठेक्का आह्वान गरेको हो ।

नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट २०८० को साउनरभदौ देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनुसार टेन्डर भएको छ ।

करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत प्रसारणलाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेसन निर्माण गर्न टेन्डर भएको हो ।

पहिलो चरणमा लप्सिफेदी–रातामाटे–हेटौँडा ४०० केभी ९१७७ किलोमिटर०को प्रसारणलाइन निर्माणको ठेक्का आह्वान गरिएको छ ।

यस्तै, दोस्रो चरणमा रातामाटे–दमौली ४०० केभी ९० किलोमिटरको र तेस्रो चरणमा दमौली–बुटवल ४०० केभी १०८ किलोमिटरको प्रसारणलाइन निर्माणको ठेक्का आह्वान भएको छ ।

आयोजनाले कूल ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माण गर्नेछ । आज आह्वान भएको ठेक्कामा यही वर्षको अन्त्यसम्म अर्थात् चैत २९ गतेसम्ममा आवेदन दिनुपर्ने एमसीए नेपालको कार्यालयले जनाएको छ ।

यो प्रसारणलाइन निर्माण सम्पन्न भएपछि भारततर्फ विद्युत् व्यापारका लागि नेपालको दोस्रो प्रसारणलाइन हुनेछ । र, यसका लागि ११४ मिलियन अमेरिकी डलर खर्च लाग्ने एमसीए नेपालको आङ्कलन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077