Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिकतर्फ माओवादीलाई उछिनेर फेरि अघि लाग्यो स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी जारी मतगणनामा समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) लाई उछिनेर तेस्रो ठूलो दल बन्नेतर्फ अग्रसर भएको छ ।

पछिल्लो परिणामअनुसार ९० लाख ९३ हजार ७६१ मत गन्दा रास्वपाले माओवादीलाई उछिनेको हो । सुरुदेखि नै अघि लागेको स्वतन्त्र पार्टी आज भने माओवादीभन्दा पछि परेको थियो ।

समानुपातिक मतमा अहलेसम्म सबैभन्दा अगाडि नेकपा एमाले रहेको छ भने नेपाली कांग्रेस एमालेलाई पछ्याउँदै दोस्रो स्थानमा छ।

यस्तो छ मत परिणाम

एमाले-२४ लाख ७८ हजार ५४४

कांग्रेस-२३ लाख ५६ हजार १९०

राष्ट्रिय स्वतन्त्र पार्टी-१० लाख ४८ हजार ९०३

माओवादी केन्द्र-१० लाख ३७ हजार २२७

राष्ट्रिय प्रजातन्त्र पार्टी-५ लाख ३७ हजार ८०१

जनता समाजवादी पार्टी, नेपाल-३ लाख ०९ हजार५८६

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077