Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनका ६० लाख जनता बिजुली बिहीन, अध्यारोमा बस्न बाध्य

एजेन्सी । युक्रेन र रुस युद्धकाबीच युक्रेनका ६० लाख जनता बिजुली बिहीन अवस्थामा अध्यारोमा बस्न बाध्य भएका छन् । गत साता रुसी मिसाइल हमलापछि ६० लाख युक्रेनीका घरमा अझै बिजुली आपूर्ति हुन नसकेको हो ।

चिसो बढेको बेला बिजुली, ग्याँस र हिटरबिना बाँच्न बाध्य हुँदा युक्रेनी जनता थप मारमा परेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए ।

भिडियो सम्बोधनमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले राजधानी र आसपासका क्षेत्रहरू आक्रमणबाट सबै भन्दा बढी प्रभावित भएको र शहरका धेरै बासीन्दाले २० देखि ३० घण्टासम्म बिजुली नपाएको बताए ।

उनले राजधानी बाहेक सबै भन्दा बढी प्रभावित क्षेत्र ओडेसा र भिनित्सा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077