Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जसपा अध्यक्ष उपेन्द्र यादवले भने – चुनावको परिणाम रहस्यमय छ

    जसपा अध्यक्ष उपेन्द्र यादवले भने – चुनावको परिणाम रहस्यमय छ

    चुनावमा भएका बाह्य षडयन्त्रको सुईको मैले पनि पाएको छु

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चुनावको परिणाम रहस्यमय रहेको बताएका छन् ।

    सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतबाट पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनावको परिणाम आएपछि पहिलो पटक प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।



    उनले भने, ‘चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुईको मैले पनि पाएको छु । यसको पनि मूल्याङ्कन हुने नै छ । र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन । यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ ।’



    चुनाव एउटा राजनीतिक प्रक्रिया रहेको उल्लेख गर्दै उनले जसमार्फत जनताले आफ्नो प्रतिनिधि छान्नेको छ त्यसलाई आफ्नो साथ सहयोग रहने प्रतिक्रिया दिएका छन् ।

    निर्वाचनको नतिजाले आफूहरुको यात्रालाई कुनै असर नपार्ने बताउँदै उनले एक इन्च पनि तलमाथि नभईकन जनताको म्यान्डेट अनुसार आफ्नो मिसनमा लागिरहने प्रतिवद्धता जनाए ।

    यो संविधान त्रुटिपूर्ण र त्यसमा असमानताहरू रहेको बताउँदै उनले अझै पनि सङ्घीयता वास्तविक रूपमा सङ्घीयता जस्तो हुन नसकेको दावी गरेका छन् ।

    प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउन सकिएको छैन, हरेक समुदायले जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने अधिकार सुनिश्चित नभएको बताउँदै उनले यस संविधानले विभिन्न राष्ट्रियता जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्न नसकेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार