Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका आईजीपी अर्याल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि नवनियुक्त अमेरिकी राजदुत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा शिष्टाचार भेट भएको हो ।

भेटका अवसरमा महानिरीक्षक अर्याल र राजदुतबीच दुई देशको सम्बन्ध र आपसी हितका बिषयमा कुराकानी भएको बताइएको छ ।

शिष्टाचार भेटवार्ताले दुई देशका बीच रहिआएको सम्बन्धलाई थप उचाईमा पु¥याउने बिश्वास सशस्त्र प्रहरी बल मुख्यालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077