Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रमा रोकिएको मतगणना पुनः सुरु, सुरक्षा व्यवस्था कडा

बुटवल । शुक्रबार बिहानदेखि रोकिएको रुपन्देही-२ को मतगणना भर्खरै सुरु भएको छ । मतगणनामा अनियमितता भएको आरोप लगाउँदै बाहिरिएका दलहरुको अनुपस्थितिमै निर्वाचन कार्यालयले मतगणना सुरु गरेको हो ।

मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्याभन्दा कम्प्युटरमा प्रविष्ट गरिएको मतपत्रको संख्या कम भेटिएपछि बढी मतपत्र आएको भन्दै सत्ता गठबन्धनसहित रास्वपा र अन्य उमेदवारहरु विरोधमा उत्रिएका थिए ।

उनीहरुले पुनः मतदानको माग गर्दै दिनभर मतगणनास्थल बाहिर नाराबाजी गरे पनि निर्वाचन कार्यालयले साँझदेखि नेकपा एमाले, नेमकिपा र केही स्वतन्त्र उमेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सुरु गरेको हो ।

निकै कडा सुरक्षा व्यवस्थाका बीचमा मतगणना सुरु भएको हो । यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको छ । अब करिब ६ हजार मत मात्र गन्न बाँकी छ ।

यस निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार तथा उपाध्यक्ष विष्णु पौडेलको अग्रता छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछयाइ रहेका छन् । गणना फेरि सुरु हुँदासम्म एमालेको २४ हजार ९ सय ६६ मत छ भने स्वतन्त्रको २३ हजार ९ सय ११ मत छ । उनीहरुबीच १ हजार ५५ मतान्तर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077