Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणनासमेत जारी छ ।

निर्वाचन आयोगको मतपरिणाम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानमा पुगेको छ । उक्त पार्टी समानुपातिकतर्फ पाँच लाख ३१ हजार पाँच सय २० मत प्राप्त गरेको छ । प्रत्यक्षमा सात सिट जितिसकेकाे रास्वपाले समानुपातिकमा धेरै मत ल्याउने देखिएकाे छ ।

समानुपातिकतर्फ पहिलो दलका रूपमा एमाले देखिएको छ। एमालेले हालसम्म ११ लाख २१ हजार२२१ मत पाएको आयोगले जनाएको छ ।

दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले समानुपातिकतर्फ १० लाख ६३ हजार नौ ९५७ मत प्राप्त गरेको छ । चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रले समानुपातिकमा चार लाख ८६ हजार ९१ मत पाएको छ । राप्रपाले दुई लाख ८० हजार १०५ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077