सप्तरी । सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपाने पुन: निर्वाचित भएका छन् ।
उनी ११ हजार ४२९ मत ल्याएर मधेस प्रदेशसभा सदस्य पदमा दोहोरिएका हुन् ।
शुक्रबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार नमेनदर पासवानले पाँच हजार ५५८ मत प्राप्त गरे ।