काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हार स्वीकार गरेका छन् । अन्तिम मत परिणाम आउनु अगाडि नै सामाजिक सञ्जालमार्फत् ज्ञवालीले हार स्वीकारेका हुन् ।
सामाजिक सञ्चालमा स्ट्याटस लेख्दै ज्ञवालीले भने, 'अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ । '
ज्ञवालीले हारको जिम्मेवारी आफैं लिने बताएका छन् । उनले आफू संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति निरन्त काम गर्ने बताए ।
वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि जनताको मनको प्रतिनिधिका रुपमा दुःख सुखमा साथ दिने प्रतिवद्धता गरेका छन्।
उनले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर जिल्लाको समग्र विकास र जिल्लावासीहरुको सेवामा समर्पित हुने उनको भनाइ छ।
गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् ।निर्वाचन कार्यालयले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ ।