Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेकपाको एकता भंग भएपछि ओलीले गरे प्रचण्डलाई पहिलो फोन, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच टेलिफोन संवाद भएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित नजिता हासिल गर्न नसकेका दुई प्रमुख कम्युनिस्ट पार्टीका अध्यक्षबीच बिहीबार दिउँसो कुराकानी भएको हो ।

नेकपा विभाजन भएपछि एमाले अध्यक्ष ओलीले पहिलो पटक प्रचण्डसँग टेलिफोनमा आगामी राजनीतिक कार्यदिशाको विषयमा छलफल गरेका हुन् ।

प्रत्यक्षतर्फ १०० सिट हासिल गर्ने लक्ष्य बोकेको एमाले र समग्रमा बलियो तेस्रो शक्ति बन्ने लक्ष्य राखेको माओवादी केन्द्र दुवैले सोचेभन्दा कमजोर नतिजा निकालेका छन् ।

जारी मतगणनाबाट उनीहरुले थप उत्साहित हुने स्थिति छैन। त्यसैलाई संकेत गर्दै ओलीले प्रचण्डसँग भनेको विषय उद्धृत गर्दै प्रचण्डको सचिवालयले भन्यो,'अब के गर्ने ?'

प्रचण्डले आफूहरू गठबन्धन गरेर चुनावमा सहभागी भएकाले र गठबन्धनप्रति प्रतिबद्ध रहेको बताए पनि ओलीले प्रश्नको जवाफ भने प्रष्टसँग दिएनन्। बरु उनले व्यक्तिगत चुनावी नतिजाको लागि ओलीलाई बधाई दिएका थिए। 'भर्खर चुनाव जितिएको छ', प्रचण्डले ओलीलाई भने, 'तपाईंले पनि राम्रैसँग जित्नुभएको छ। बधाई छ।'

नेकपा विभाजनपछि दुई अध्यक्षहरुबीच दोहोरो संवाद भएको थिएन । चुनावको मुखमा दुवैले एकअर्काविरुद्ध वाकयुद्ध तीव्र पारेका थिए ।

यस्तै बिहीबार नै प्रधानमन्त्री देउवाले पनि प्रचण्डलाई फोन गरेको बताइएको छ । दुई नेताबीच पनि बधाई साटासाट भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077