Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको उदयप्रति ओलीको टिप्पणी - हाहाहुहुमा देश चल्दैन

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय मामुली कुरा रहेको बताएका छन् ।

विजय जुलुस मनाउन बिहीबार गृह जिल्ला आएका एमाले अध्यक्ष ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्।

उनले भने, ‘यो कुनै ठुलो कुरा होइन, त्यो मामुली कुरा हो। धेरै उदय भयो भनेर जस्तो प्रचारप्रसार गर्‍यो, वास्तवमा त्यो मिडियाको कृपा हो । के गन्तव्य हो ? के नीति हो ? के कार्यक्रम हो ? केही छैन ।

हा हा हु हु मा त देश चल्दैन। हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन।’

भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले हाहाहुहुमा देश नचल्ने चेतावनी पनि दिए। आइतबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ।

बिहीबा दिउँसोसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ६ र एमालेले १८ सिटमा जित हासिल गरिसकेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई ठूलो कुरा नभएको टिप्पणी पनि गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077