Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गृह जिल्ला पुगेर ओलीले भने - गठबन्धनले राज्य संयन्त्रको दुरुपयोग गरी एमालेलाई हरायो

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रको दुरुपयोग गरी बुथ कब्जा गर्ने प्रवृत्ति मौलाएको बताएका छन्।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै विजय जुलुस मनाउन बिहीबार गृह जिल्ला आएका एमाले अध्यक्ष ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्।

ओलीले भने, ‘मतदानका क्रममा हेलिकोप्टरबाट गुन्डा ओसारेर आतङ्क मच्चाउने, तरबार लिएर गेटमा बस्ने कुरा चिन्ताको विषय बनेको छ। सत्ता प्रायोजित गुन्डागर्दी, बुथ क्याप्चर, हिंसाजस्ता घटना अशोभनीय मात्र होइन, दुःखद र निन्दनीय पनि हो।’

लोकतन्त्रका निम्ति यी कुराहरू निक्कै चुनौतीपूर्ण भएको उनले बताए।

भारी मतान्तरसहित विजयी बनेका ओली निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्न, मतदातालाई धन्यवाद दिन र विजय जुलुसमा सहभागी हुन दमकतर्फ प्रस्थान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077