Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरीको बर्दी लगाएर १० तोला सुन लुटपाट, पेस्तोलसहित ६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट १० तोला सुन लुट्ने ६ जना पक्राउ परेका छन्।

प्रहरी हवल्दारको बर्दी लगाएर उनीहरुले सुनका गहना बनाउने कारखानामा लुटपाट गरेका थिए। भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले न्युरोडमा सुनका गहना बनाउने कारखाना सञ्चालन गरिरहेका थिए।

चुनावको पूर्वसन्ध्यामा धादिङ घर भई हाल गैरीगाउँ बस्ने २८ मनिला तामाङ, सुमन राईसहित मिलेर पेस्तोल देखाई डर धम्की दिएर सुनका गहना बनाउने कारखाना लुटेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत जनसेवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट प्रक्राउ गरेको हो।

मनिला तामाङको कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१ प ६२१७ नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी र ज्याकेट सहितको प्रहरी पोशाक एक जोर बरामद गरेको छ।

यसका साथै उनको कोठाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुल बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077