Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओली विजय जुलुसमा सहभागी हुन झापा जाँदै

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएको प्रमाणपत्र लिन र विजय उत्सवमा सहभागी आज झापा जाँदैछन् ।

अध्यक्ष ओली बिहान ११ बजे भद्रपुर विमानस्थल हुँदै झापा–५ मा विजयी कार्यक्रममा सहभागि हुने उनको सचिवालयले जनाएको छ ।

आजै दिउँसो १ बजे दमक नगरपालिकास्थित झापा क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालयमा उनले विजयी भएको प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम रहेको पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए ।

दाहालका अनुसार अध्यक्ष ओली आज दमक नगरपालिकामा आयोजना हुने विजय जुलुसमा सहभागी हुने कार्यक्रम रहेको र भोलि कमल, गौरादह र गौरीगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

ओली झापा–५ बाट भारी मतान्तरसहित विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077