Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतगणना नसकिँदै कैलाली-१ मा रञ्जिता श्रेष्ठको जित सुनिश्चित

धनगढी। कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ ।

रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् ।

अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छिन् ।

एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली-३ मा जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077