कञ्चनपुर । कञ्चनपुर-२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद ६ हजार ४५५ मतान्तरले विजयी भएका छन्।
२८ हजार १०० मत प्राप्त गरी उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मात प्राप्त गरे।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार ९३१ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार ५१० मत ल्याए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६४ हजार सात सय ५२ मत खसेको थियो । जसमा चार हजार नौ सय २० मत बदर भएको छ ।
प्रदेश सभाका दुईवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
Leave a Reply