Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

झापा-५ बाट साढे २८ हजार मतान्तरले केपी शर्मा ओली छैटौं पटक विजयी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७४ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित भएका हुन् ।

बुधबार सम्पन्न मत गणनामा ओलीले ५२ हजार ३१५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७४१ मत मात्र पाए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै पराजित गरि प्रतिनिधिसभामा निर्वाचित भएका थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ७३१ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077