Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मतगणना नसकिँदै झापा ५ मा केपी ओलीको जित सुनिश्चित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चित भएको छ। यहाँ मतगणना जारी छ।

१३ हजार बढी मत गन्न बाँकी हुँदा ओली २३ हजार ६ सय ५१ मतले अघि छन्। अहिलेसम्म ८५ हजार ६ सय ५९ मत गणना भइसकेको छ।

ओलीले ४४ हजार ८ सय ५ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी २१ हजार १ सय ५४ मतसहित पछि परेका छन्। यहाँ ९९ हजार ४५ मत खसेको थियो।

अझै १३ हजार तीन सय ८६ मत गन्न बाँकी छ। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले ९९३० मत ल्याएका छन्। जनमतका भीम राजवंशीले १४३८ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077