Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बलात्कार आरोपमा दाङबाट एकजना पक्राउ

दाङ । दाङको शान्तिनगर गाउँपालिकाबाट बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ४० वर्षीय नवराज डाँगी छन् ।

डाँगीले ३६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ ।

महिलालाई सोही ठाउँस्थित बाँसको झाडीमा लगेर बलात्कार गरेको उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077