Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जुम्ला प्रदेशसभा (ख) मा एमालेका पछाई विजयी

काठमाडौं । जुम्ला प्रदेशसभा-(ख) बाट नेकपा एमालेका उम्मेदवार टेकराज पछाई निर्वाचित भएका छन् ।

प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पदम रोकायालाई एक हजार ९३ मतान्तरले पराजित गर्दै पछाई निर्वाचित भएका हुन ।

पछाईले सात हजार ८१५ मतले विजय हुँदा निकटतम प्रतिस्पर्धी रोकायले ६ हजार ७२२ मत प्राप्त गरे । यस क्षेत्रमा २० हजार ६१६ मत खसेको थियो ।

पछाई एमालेका प्रदेश कमिटी उपसचिव हुन् । रोकाय सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । एमाले विभाजनपछि उनले एकीकृत समाजवादी रोजेका थिए ।

जुम्लाको यो क्षेत्रसँगै कर्णाली प्रदेशसभातर्फ चार क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

यसअघि जाजरकोटका दुई र दैलेखको एक क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । ती क्षेत्रमा कांग्रेसले विजयी हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077