Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईश्वर पोखरेलले दिए काठमाडौं-५ मा निर्वाचित प्रदीप पौडेललाई बधाई

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नं ५ का विजयी उम्मेदवार प्रदीप पौडेललाई बधाई दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा आफूलाई पराजित गर्दै पौडेल निर्वाचित भएपछि पोखरेलले बधाई दिएका हुन् ।

निर्वाचन परिणामको औपचारिक घोषणा हुनुअघि नै उनले निर्वाचन विजयी नभए पनि भविष्यमा जनतासँगै सम्बन्ध र सम्पर्कलाई थप जीवन्त बनाउने, विकास निर्माणका चाहना र आवश्यकतालाई सधैं उच्च प्राथिमकता राख्ने प्रतिबद्धता व्यक्त गरे । यस निर्वाचनमा आफूलाई मत दिनेहरूलाई धन्यवादसमेत दिएका छन् ।

'मैले उमेदवारी दिएको क्षेत्र–काठमाडौं ५ मा मैले यस क्षेत्रको प्रतिनिधि भएर जीवनका लागि कहिल्यै बिर्सन नसक्ने धेरै उपयोगी कुराहरू सिकेको छु ! यसरी शिक्षा र प्रेरणा प्रदान गर्नुहुने सबैप्रति मेरो सधै उच्च आदरभाव रहिरहनेछ १ म आफ्नो बाँकी जीवन देश, जनता, परिवर्तनको अभियान तथा आफू सम्बद्ध रहेको पार्टी–नेकपा एमालेप्रति समर्पित रहिरहनेछु,' उनले फेसबुमा लेखेका छन् ।

पोखरेल क्षेत्र नम्बर ५ का निर्वतमान सांसद हुन् । २०७४ सालको आमनिर्वाचनमा उनले कांग्रेसका उम्मेदवार प्रकाशशरण महतलाई करिब १० हजार मतान्तरले हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077