Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगनलाई बधाई दिँदै विश्वप्रकाश भन्छन् - जसलाई मैले प्रधानमन्त्रीमा प्रस्ताव गर्नुछ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने घोषणा गरेका छन् ।

उनले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा गगनलाई बधाई दिँदै यस्तो घोषणा गरेका हुन् ।

प्रभावकारी कार्य सम्पादनका लागि हृदयदेखि नै शुभकामना भन्दै शर्माले थापालाई बधाई दिए । साथै उनले थापालाई आफुले संसदीय दलको नेता हुँदै देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने समेत खुलाएका छन् ।

'जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ,' उनले फेसबुकमा उल्लेख गरेका छन् । थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट पुनः सांसद पदमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077