Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतगणना नसकिँदै कांग्रेसका प्रदीप पौडेलको जित, ईश्वर पोखरेल पराजित

काठमाडौं । मतगणना जारी रहँदै काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलको जित निश्चित भएको छ ।

मतगणना नसकिँदै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमाथि पौडेलको जित पक्का भएको हो ।

अहिलेसम्मको गणनामा पौडेलले १४ हजार ८३ मतका साथ अग्रस्थानमा छन् ।

पोखरेल ९ हजार ५ सय ४ मतका साथ पौडेललाई पछ्याइरहेका छन् । उनीहरुबीको अन्तर ४ हजार ५ सय ७९ पुगेको छ ।

अहिले यस क्षेत्रको ३ हजार ५ सय ४९ मत मात्र गन्न बाँकी छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएका प्रदीप अनौपचारिक रूपमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077