Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिकमा एमाले र कांग्रेसले कटाए एक लाख मत, स्वतन्त्र पार्टी तेस्रोमा

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले पाएको मत एक लाख नाघेको छ ।

नेकपा एमालेले १ लाख १७ हजार ७७६ मत पाएको छ भने नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८१४ मत र चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४४ हजार ९५८ मत पाएको छ ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार ३२८, जनता समाजवादी पार्टीले ९ हजार ३४४ र जनमत पार्टीले ८ हजार ७०१ मत पाएको छ ।

नेपाल मजदुर किसान पार्टीले ६ हजार ९०५, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ३९७ र नेकपा एकीकृत समाजवादीले ५ हजार ६९७ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077