काठमाडौं । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ ।
हालसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले एक लाख एक हजार ६६५ मत ल्याएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८७२२५ मत पाएको छ। तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ। यो अहिलेसम्म गणना भएको सदर मतको १३।२२ प्रतिशत मत हो।
चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ मत पाएको छ।
अरू दलहरूले १० हजार मत कटाउन सकेका छैनन्।