Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डिल्लीबजार मालपोतका तत्कालिन उपसचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्ट्राचार गरेको आरोपमा उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

उनले काठमाडौं महानगरपालिका–१६ को कित्ता नं १३९९ को ९१.३१ वर्गमिटर जग्गा सरकारको स्वीकृतिविना भक्तरत्न तुलाधरको नाममा कायम हुने गरी निर्णय गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीसँग २१ लाख ३० हजार ३८१ रुपैयाँ विगो माग गर्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

यस्तै तत्कालिन मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालिन नायब सुब्बा ताराप्रसाद जोशी र प्रसाराम भुसाल र जग्गाधनी बन्ने भक्तरत्न तुलाधरविरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077