Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटा काभ्रेमा १,२०० मतले पछाडि

काठमाडौं । काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाविरुद्ध कांग्रेसका शिवप्रसाद हुमागाईंले निरन्तर अग्रता बनाइरहेका छन् ।

पछिल्लो अपडेट अनुसार हुमागाईंले ४६३३ मत प्राप्त गर्दा बाँस्कोटाले ३४२४ मत प्राप्त गरेका हुन् ।

हुमागाईं १२०९ मतान्तरले अगाडि रहेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ मत प्राप्त गरेका छन् । राप्रपाका यसु आले मगरले २१ मत प्राप्त गरेका छन् ।

२०७४ सालमा गोकुलले कांग्रेसका मधु आचार्यलाई १८७७३ मतान्तरले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077