Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डडेल्धुरामा दोस्रो नम्बरमा उक्लिए सागर, देउवाको अग्रता कायमै

डडेल्धुरा । डडेल्धुरामा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ ।

डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । एक हजार मत गणना हुँदा देउवाले ४६३ मत ल्याएका छन् ।

दोस्रो नम्बरमा भने स्वतन्त्र उम्मेदवार सागर ढकाल छन् । मतगणनाको सुरुवाती चरणमा तेस्रो नम्बरमा रहेका सागर २४१ मत ल्याएर दोस्रो नम्बरमा उक्लिएका हुन् ।

यस्तै नेपाली कांग्रेस बीपीका कर्ण बहादुर मल्लले २०९ मत ल्याए । यसअघि मल्ल दोस्रो नम्बरमा थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077