मुस्ताङ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको नेपाली कांग्रेसले प्रदेश सभामा पनि मुस्ताङबाट विजयी सुरुवात गरेको छ ।
मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङले एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गरेका हुन् । नम्डुले १०४८ मत पाउँदा विष्टले ७४३ मत मात्रै पाए ।
विष्ट गण्डकी प्रदेश सभाका पूर्व सदस्यसमेत हुन् । वडाध्यक्ष हारेका नम्डु प्रदेश सभा सदस्यमा निर्वाचित बनेका हुन् । योसँगै एमालेले जित्ने प्रबल सम्भावना देखेको मुस्ताङमा हार व्यहोरेको छ ।
यसघी मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा योगेश थकाली विजयी भइसकेका छन् । योगेशले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् ।
Leave a Reply