Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मतदान प्रक्रियामा अवरोध गर्नेलाई कारबाही गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतदान प्रक्रियामा अवरोध गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो बताएका हुन् ।

उनले निर्वाचनको निष्पक्षतामा प्रभाव पार्नेगरी कुनै डर त्रास देखाई मतपेटिका नियन्त्रण गर्न खोज्ने, मतदानको अधिकार नभइ मतदान गर्न खोज्ने लगायतका अवाञ्छित काम गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आवश्यक निर्देशन दिइएको बताए।

उनले भने, ‘निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहिँ कतैबाट प्रश्न नउठोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्यमा खटिएका मतदान अधिकृत र

कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौंडामा छेकी मतदान केन्द्रमा जान

नदिने, मतपेटिका तथा मतदान सामग्री खोस्न वा नष्ट गर्न खोज्ने, वादविवाद वा हुलहुज्जत वा असामान्य अवस्था सिर्जना गर्ने, मतपत्रको दुरुपयोग गर्ने,

मतदानको अधिकार विना मतदान गर्न खोज्ने, पटक–पटक मतदान गर्न खोज्ने, मतदान अधिकृतले निषेध गरेको कुरा गर्न खोज्ने जो कोहीलाई कानुन बमोजिम

कारबाही गरी मतदाताको स्वतन्त्रता र स्वच्छतालाई कायम गर्न निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक लगायतलाई आवश्यक निर्देशन दिइएको छ ।’

प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको भन्दै भोलि सम्पूर्ण मतदाताहरूलाई मतदान गर्न आग्रह गरे ।

मतदानको दिन सञ्चारमाध्यम तथा अत्यावश्यक सेवाका सवारी साधनका लागि सवारी अनुमतिपत्र नचाहिने पनि उनले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077