Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचनको विरोधमा आयोगको कार्यालय अगाडि प्रदर्शन, पाँच जना पक्राउ

काठमाडौं । निर्वाचन आयोगको कार्यालय अगाडिबाट नेकपा (क्रान्तिकारी माओवादी) मोहन विक्रम वैधनिकट जवस मोर्चाका कार्यकर्ता पक्राउ परेका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालो झण्डा देखाएर अखिल क्रान्तिकारी लगायत जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन् ।

उनीहरु निर्वाचन बहिष्कार सभा गर्न पुगेका थिए । उनीहरुलाई प्रहरीले प्रकाउ गरेको हो । ‘संसदीय व्यवस्था मुर्दावाद’ भन्दै नाराजुलससहित प्रदर्शन गरिएको हो।

सुरक्षाकर्मीहरुले प्रदर्शनमा उत्रिएका पाँच जनालाई पक्राउ गरेको छ। मौन अवधिको अन्तिम दिन आयोगको कार्यालय अगाडि नै प्रदर्शन हुनुले सुरक्षा चुनौती देखिएको आयोगले जनाएको छ।

क्रान्तिकारी माओवादीले आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077