Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगले दीपक मनाङेलाई लगायो २५ हजार रुपैयाँ जरिवाना

काठमाडौं । निर्वाचन आयोगले मनाङ ‘ख’ का प्रदेशसभा उम्मेदवार दीपक मनाङे (दीपक मनाङे) लाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका गुरुङले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन नपुग्ने भन्दै अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको थियो ।

मनाङेले ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ……३० लाखमा नेपालमा चुनाव जित्छ यार……मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनेको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि स्पष्टीकरण सोधेको थियो ।

आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई २५ हजार जरिवाना लगाइएको आयोगका एक अधिकारीले भने ।

गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेश सभा क्षेत्र नं. ‘ख’ को लागि तोकेको खर्चको सीमा २३ लाख रुपैयाँ रहेको छ ।

सो क्षेत्रमा दीपक मनाङे निर्विरोध भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077