Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न काउन्सिलको आमसञ्चार माध्यमलाई ध्यानाकर्षण

    मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न काउन्सिलको आमसञ्चार माध्यमलाई ध्यानाकर्षण

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचनको स्थिर समय (मौन अवधि) मा आचारसंहिता पालनामा ध्यान दिन आमसञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ ।

    काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहीबार राति १२ः०० बजेसम्म रहेकोले त्यसपश्चात् प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको हो ।



    आचारसंहिता उल्लंघन गरे तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने काउन्सिलले चेतावनी दिएको छ ।



    ‘स्थिर समय सुरु हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्नअङ्कित झण्डा÷ब्यानर, श्रव्यदृश्य लगायतका सामग्री समेटी सञ्चार माध्यमबाट प्रकाशन÷प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लंघन हुने हुँदा त्यस्तो कार्य नगर्न÷नगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ’ काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन/प्रसारणरसम्प्रेषण गर्न पाइने छैन भन्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार