Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • प्रदीपसँग जोडिएको जग्गा विवाद : तनहुँ मालपोतले भन्यो – डिल्लीरमण पौडेलको नाममा जग्गा भेटिएन

    प्रदीपसँग जोडिएको जग्गा विवाद : तनहुँ मालपोतले भन्यो – डिल्लीरमण पौडेलको नाममा जग्गा भेटिएन

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 1.1K
    SHARES

    तनहुँ । जिल्ला मालपोत कार्यालय तनहुँले ढोरफिर्दी–३ हालको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ मा कित्ता नम्बर १३९१ को क्षेत्रफल भएको जग्गा डिल्लीरमण पौडेलको नाममा नभेटिएको स्पष्ट पारेको छ ।

    काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलका पिता पौडेलले तनहुँको साविक ढोरफिर्दी–३ मा सुकुम्बासीका नाममा जग्गा लिएको भन्दै केही सञ्चार माध्यममा समाचार सार्वजनिक भएका थिए ।



    तर कार्यालयको मोठ, रोक्का र कम्प्युटर फाँटमा भिडाएर हेर्दा डिल्लीरमण पौडेलका नाममा कुनै पनि विवरण फेला नपरेको हो । तर मालपोत कार्यालय तनहुँले कात्तिक २९ गते नै ढोरफिर्दी–३ मा पौडेलको नाममा उक्त कित्ताको जग्गा खोजी गर्दा फेला नपरेको जनाएको छ ।



    सोहीअनुसार मालपोत कार्यालयले दिएको जवाफमा भनिएको छ, ‘प्रस्तुत विषयमा तपाईंले साबिक ढोरफिर्दी–३ हालको शुक्लागण्डकी नपा वडा नं ८ स्थित ढोरफिर्दी ३.ख कि.नं. १३९१ को क्षेत्रफल एक रोपनी जग्गा सोही वडानिवासी डिल्लीरमण पौडेलको नाममा भएर नभएको स्पस्ट पारिदिनुहुन भनी दर्ता नं ४७२२ मिति २०७९/०७/२७ बाट यस कार्यालयमा निवेदन दिनुभएकोमा डिल्लीरमण पौडेलको नाममा ढोरफिर्दी ३.ख कि.नं १३९१ को जग्गाको विवरण खोजी गर्दा फेला नपरेको भनी यस कार्यालयको मोठ रोक्का र कम्प्युटर फाँटबाट भिडी आएको हुँदा सोही व्यहोरा अनुरोध छ।’

    यसैबीच, निर्वाचन प्रचार प्रसार समिति नेपाली कांग्रेस क्षेत्र नम्बर ५ ले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी पार्टीका उम्मेदवार प्रदीप पौडेलका बिरुद्ध केही मिडियामा योजनाबद्ध र षडयन्त्रपूर्ण ढंगले भइरहेको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार