काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारलाई पनि परिचयपत्र उपलब्ध गराउने भएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारलाई आयोगको वेबसाइटमा रहेको अन्तिम बन्दसूचीमा उल्लेखित विवरण अनुसार परिचयपत्र दिन लागिएको हो।
आयोगकाअनुसार मतदाता भएको प्रदेशअन्तर्गत जिल्लाको खण्ड हेरी आफ्नो जिल्लाअन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको परिचयपत्र उपलब्ध गराइने छ ।
त्यहाँ उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतका जिल्लाको खण्ड हेरी आफ्नो जिल्ला अन्तर्गतका भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी तोकिएको ढाँचामा परिचयपत्र उपलब्ध गराउनसबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको आयोगले जनाएको छ ।