Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अध्यक्ष प्रचण्ड भन्छन् - ओनसरी प्रधानमन्त्री बन्न लायक उम्मेदवार हुन्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ बाट उठेकी प्रतिनिधि सभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उनमा प्रधानमन्त्री बन्ने दृढता रहेको उनले बताए ।

‘ओनसरी घर्ती महिला प्रधानमन्त्री बन्न लायक संघर्षशील महिला हुन्’,उनले भने, ‘त्यसकारण यो निर्वाचन यस क्षेत्रका लागि एक ऐतिहासिक अवसर भएर आएको छ।’

यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओली र उनको गठबन्धन फेरि जितेर आए संविधान च्यात्ने भएकाले उनीहरूलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077