Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ, देशको लागि बोल्न सक्ने मानिस हुन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार समेत रहेका गगन थापाले प्रदीप पौडेल आफूलाई संसदमा चाहिएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका नेता पौडेलको पक्षमा आयोजित चुनावी सभामा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले विजयपश्चात प्रदीप र आफूले एकै ठाउँमा विजय जुलुस गर्ने उनले बताए । उनले भने, 'उहाँ प्रदीप पौडेल हुनुहुन्छ। म जिम्मा लिन्छु उहाँको। सिद्धार्थ बनस्थली पढ्दा कक्षा १० मा प्रदीप पढ्दा म कक्षा ९ मा थिएँ। हामी एकदम नजिकको साथी हौं। म पनि जितेर आउँदैछु। मुहान सफा गर्नुपर्नेछ, म प्रदीप पौडेल माग्न आएको हुँ,'थापाले भने,'संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ। काठमाडौं ५ मा मात्रै हैन। देशको लागि बोल्न सक्ने मानिस हुन्।'

सो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री थापादेखि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेतले प्रदीपका लागि मत मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077