Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिरहाबाट पेस्तोलसहित दुई युवक पक्राउ

सिरहा । प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ।

प्रहरीले मिर्चैया नगरपालिका–६ बाट जिल्लाकै नवराजपुर गाउँपालिका–५ का २९ वर्षीय प्रेम शर्मा र सोही गापा–३ का २७ वर्षीय आनन्द कुमार रामलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा सुरक्षा बेस क्याम्पा मिर्चेयाबाट खटिएको मोबाइल गस्ती टोलीले नम्बर मेटिएको होण्डा साइन मोटरसाइकललाई

मिर्चैया–कटारी सडक खण्डको होलिडे होटल अगाडि चेकजाँच गर्दा उनीहरूको साथबाट पेस्तोल फेला परेको थिया।

बरामद सामग्रीसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि तत्काल इलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077