Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री खाँणविरुद्ध रूपन्देही निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध रूपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

पाँच दलीय गठबन्धनबाट रूपन्देही-३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् ।

उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रूपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो ।

यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खाेज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रुपन्देहीमा आएर दर्ता गरेकाे अधिवक्ता बरालले बताइन् ।

खाणले रूपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनका क्रममा रूपन्देही–३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाण श्रीमती भएको उल्लेख गरेका छन् भने त्यसबाहेक अरू निकायमा पेस गरेका कागजातमा भने उनले श्रीमतीका रूपमा मञ्जु खाणको नाम लेखेको बरालको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077