Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मौन अवधि उल्लंघन गरे २५ हजार जरिवाना तिराउँछौ : प्रमुख आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ।

केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले यस्तो निर्देशन हो । निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अघिको समयलाई मौन अवधि तोकेको छ।

यो नियम उल्लंघन गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। स्थानीय निर्वाचन आचारसंहिता अनुगमन समितिलाई यो कसुरबारे कडाइका साथ अनुगमन गर्न आयोगले निर्देशन दिएको हो।

यस्तै, निर्वाचनको मौन अवधिदेखि मत गणना नसकिएसम्म मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । थपलियाले निर्वाचनलाई मर्यादित बनाउन मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको बताए ।

मदिरा बिक्री वितरण र सेवन कार्यलाई पूर्ण रुपमा निषेध गर्न जिल्ला आचारसंहिता र स्थानीय सुरक्षा समितिलाई सक्रिय बनाएको थपलियाले बताए ।

आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरीको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077