Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • विशेषले उल्टाएका थप ९ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

    विशेषले उल्टाएका थप ९ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 684
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका घुस रिसवतका थप नौ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले ती मुद्दा सर्वोच्चमा मंगलबार पुनरावेदन दर्ता गरेको हो ।

    आयोगले प्रतिवादी कृष्णहरि वाग्लेविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो । वाग्लेलाई २५ हजार बिगो दावीसहित दायर गरेको घुस रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेषले प्रतिवादीले इन्कारी बयान दिएको आधारमा सफाइ दिएको थियो ।



    यता, आयोगले भने प्रतिवादीले मौकामा कसूर सावित भई आफैं हस्तलिखित गरेको बयान प्रमाण ऐन, २०३१ को दफा ९९२०ले प्रमाण योग्य देखिएको जिकिर गर्दै पुनरावेदन गरेको जनाएको छ ।



    त्यस्तै, आयोगले विशेष अदालतले सफाइ दिएको प्रतिवादी जय नेपाल थापा, चित्रबहादुर केसी, कमलप्रसाद पौडेल, सिद्धार्थ जोशीलगायतको मुद्दामा पनि पुनरावेदन दिएको छ । ५० हजार घुस लिएको अभियोग लागेका भ्रष्टाचार मुद्दामा सफाइ पाएका प्रतिवादी देवीप्रसाद गौतम र नेत्रप्रसाद लामिछानेको हकमा पनि सर्वोच्चमा पुनरावेदन दिएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार